संवैधानिक इजलास पुनगर्ठन गरिएकोमा महान्यायाधीवक्ता रमेश बडालले गम्भीर आपत्ति जनाएका छन्। संसद विघटनसहितका रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित वरिष्ठताका आधारमा पाँच सदस्यीय संवैधानिक इजलास पुनर्गठन गरेका थिए।
तर महान्यायाधीवक्ता बडालले यसमा आपत्ति जनाएका हुन्। सुनुवाईका क्रममा उनले भने, ‘ इजलास पुनर्गठनका विषयमा हाम्रो गम्भीर आपत्ति छ। हामी अस्तीकै विषयबाट अघि बढ्न चाहन्छौँ।’ उनले रोष्टरमा रहेका ११ जना न्यायाधीशहरुले नै संसद विघटनको मुद्दामा सुनुवाई गर्न नमिल्ने बताए।
‘रिट निवेदक १४६ जना मध्यकै सांसदहरुले संसदीय सुनुवाईमार्फत नियुक्त गरिएका न्यायाधीशहरुले सुनुवाइ गर्न मिल्छ’,उनको प्रश्न थियो। जवाफमा प्रधानन्यायाधीश राणाले यस विषयमा पटक पटक प्रश्न नउठाउन चेतावनी दिएका छन्। ‘इजलास गठन भैसकेको छ। अब नयाँ ढंगले आएका छौँ, पटक–पटक प्रश्न नउठाउनुस्’, राणाले चेतावनी दिँदै भने, ‘तपाईँहरु अवहेलना भोग्न तयार हो कि निवेदन फिर्ता लिएर जान तयार हो।’ उनले इजलासप्रति विश्वास र मर्यादा कायम राख्ने कुरामा ख्याल राख्न पनि चेतावनी दिए।