जारी निषेधाज्ञाका कारण आर्थिक गतिविधि सुस्ताए पनि शेयर बजारको अवस्था उत्साहप्रद नै देखिन्छ । प्रविधिको विकासले जुनसुकै स्थानबाट समेत कारोबार गर्न सकिने व्यवस्थाका कारण आम सर्वसाधारणदेखि उद्योगी, व्यावसायीको शेयर बजारमा आकर्षण बढेको हो ।
कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रको सूचक मानिने शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ । चालू आर्थिक वर्षमा मात्र शेयर बजार सूचक दोब्बरभन्दा बढीले वृृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक १३६२।४ अंकमा बन्द भएकोमा जेठ २३ गतेसम्ममा ११३ प्रतिशतले वृद्धि भएको छ ।
निषेधाज्ञाको समयमा अनलाइनमार्फत सहज कारोबारको पहुँचले गर्दा व्यापारीहरुले छोटो अवधिका लागि भए पनि आफूसँग भएको रकम पुँजी बजारमा परिचालन गरेका छन् । यसैगरी बैंकहरूले पनि सस्तो व्याजदरमा मार्जिन ल्यान्डिङ गर्दै आएको छन् । जसको प्रभाव बजारमा सकारात्मक देखिएको हो ।
गत वर्ष निषेधाज्ञाका कारण लामो समय बन्द रहेको बजार यस वर्ष भने निरन्तर सञ्चालन भइरहेको छ । बजारमा दिनहुँजसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ ।
साताको पहिलो दिन आइतबार पनि नेप्से सूचक ७।८८ प्रतिशतले वृद्धि हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । यसदिन नेप्से ५०।१३ अंकले वृद्धि भई २९०६।८९ अंकमा पुगेको छ ।
आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्व २७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
आइतबार सेयर बजारमा प्रभुत्व भएको बैंक तथा वित्तीय संस्थाका परिसूचक उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ ७९।८५ अंकले वृद्धि हुँदा विकास बैंक ९६।३१ र फाइनान्स कम्पनी समूह २७।७२ अंकले बढेका छन् । यसैगरी लघुवित्त ४।२८, अन्य ६६।९४, लगानी ४।०३ र म्युचुअल फण्ड ०।२४ अंकले वृद्धि भएको छ । केही समययता उच्च वृद्धि देखिएका जलविद्युत, होटल तथा टुरिजम, निर्जीवन र जीवन बिमा भने आइतबार ओरालो लागेका छन् ।