एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड र उल्भ्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।
आइतबार बिहान सम्पन्न खेलमा दुबै टोलीले १-१ गोलको बराबरीमा रोकिएका हुन । न्युक्यासलको घरेलु मैदमनमा भएको खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
न्युक्यासलका लागि दोस्रो हाफको खेलको ५१औं मिनेटमा लसिल्सले गोल गरि सुरुवाती अग्रता दिलमएका थिए । तर यता पाहुना उल्भ्सका लागि खेलको ७२औं मिनेटमा नाभासले गोल गरि खेल १-१ गोलको बराबरी अवस्था फर्काए र त्यस पछि दुबै टोली बाट थप गोल हुन नसक्दा दुबै टोलीले १-१ अंक बाँडेका हुन ।
उक्त बराबरी सँगै उल्भ्स २६ खेलबाट ३४ अंक सहित अंक तालिकाको १२ औं स्थानमा रहेको छ ,भने न्युक्यासलको भने समान २६ खेलबाट २६ अंकसहित १७औ स्थानमा रहेको छ ।