आज मंगलबार पुनः सुनको मूल्य बढेको छ ।
आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सुनको मूल्य ९४ हजार १०० रुपैयाँ पुगेको छ।आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।
तर, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको जनाएको छ ।