जेठ २६, २०७८ बुधबार

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा एकजनाले थप्पड हानेका छन् । मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एकजना पुरुषले थप्पड हानेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए । त्यहीक्रममा हरियो टि(सर्ट, चश्मा र मास्क लगाएका पुरुषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट अन्यत्र लगे । थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनाको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो ।

उनले कोही व्यक्तिले यस्तो हिंसात्मक कुरा गर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिन नहुने बताएका छन्
ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण भने खुलेको छैन। म्याक्रोंमाथि थप्पड हानिएको घटनाबारे फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन् ।

भिडियो

https://reut.rs/3v71cEl