एजेन्सी : जुनै खेलमा पनि जसले आफ्नो टोलीका लागि खेल जिताउन सर्वाधिक भुमिका खेल्दछ उसलाई नै खेलको अन्तिममा ‘म्यान अफ दि म्याच’को सम्मानबाट बिभुषित हुने गर्दछन् ।
त्यस्तै विश्व क्रिकेट जगतमा हरेक रुपमा शिर्ष स्थानमा रहने फ्रेन्चाईजी लिगमा पर्ने लिग ईण्डियन प्रिमियर लिग (आईपिएल) हो। आईपिएलमा सर्वाधिक धेरै पटक ‘म्यान अफ दि म्यान’ रहने शिर्ष तिनको सुचि यसप्रकारको रहेको छ :
१)रोहित शर्मा(मुम्बई ईन्डियन्स)
आईपिएलको ईतिहासमा सर्वाधिक ५ पटक आईपिएलको ट्रफिमा आफ्नो नाम लेखाउन सफल टिम मुम्बई ईन्डियन्सका कप्तान रोहित शर्मा को नाम सर्वाधिक पटक आईपिएलका खेलहरुमा ‘म्यान अफ दि म्याच’ भएको ईतिहास रहेको छ। उनले १८ पटक यो सम्मान पाएका छन्।
२)महेन्द्र सिंह धोनी(चेन्नाई सुपर किंग्स)
आईपिएलको सफल टिममा नछुट्ने नाम हो चेन्नाई सुपर किग्स
२००८ देखि निरन्तर चेन्नाईको कप्तानी गर्दै आएका धोनी यस सुची मा दोस्रो स्थानमा रहदा उनले १७ पटक ‘म्यान अफ दि म्याच’ पाएका छन्।
३)युसुफ पठान
हैदराबाद,कलकत्ता नाईट राईडर्स लगायतका टिमबाट आईपिएलमा सहभागी पठानले हालसम्म १६ पटक ‘म्यान अफ दि म्याच’ सम्मान पाएका छन्।