जेठ २६, २०७८ बुधबार

मंगलबार उच्च अङ्कले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

आज बुधबार दोहोरो अङ्कले गिरावट आएको छ ।

आज शेयर बजार १३.५६ अङ्कले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ बिन्दुमा झरेको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।    


आज बजार घटे पनि १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स र गुडवील फाइनान्स कम्पनी रहेका छन् ।