जेठ २६, २०७८ बुधबार

गृहमन्त्रालयले उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वाधार निर्माणको काम नरोक्न निर्देशन दिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले आज तीनवटै जिल्लाका प्रमुखलाई भौतिक निर्माणका काममा सहजीकरण गरिदिन निर्देशन दिएका हुन् । मंगलबार उपत्यकाका तीनवटै गृह सचिव, सडक डिभिजन र जिल्ला प्रमुखहरू बीच बैठक सम्पन्न भएको थियो ।