फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा डर्टमण्डको जितमा  महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरे ।

निकै रोमाञ्चक बनेको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलको ४८ औं मिनेटमा महमुदले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा रिनिएरले गोल गर्दै टिमलाई ३-० को सहज जित दिलाए ।

उक्त जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ । ऊ लिगको पाँचौ स्थानमा रहेको छ । यता पराजितअर्मिनिया १८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।