काठमाडौँको अति व्यस्त चोकमध्यको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ। बुधबार अपराह्न भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ।
बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको यो पुलले दैनिक १५ हजार जनालाई वारीपारी गर्न सहज बनाउने छ।
यस्तै ट्राफिकलाई समेत सहज हुनेछ। आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताए।
३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ। यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ। यो पुल जमिनबाट ५ मिटर माथि रहेको छ।