एजेन्सी : वेस्ट इन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेलले श्रीलकां विरुद्धको शृखंलाबाट टोलीमा फर्कन लागेका हुन् भने अर्का तिब्र गतिका बलर फिडेल एडवार्ड्सले पनि टिममा पुनरागमन गर्दै छन् ।फ्रेन्चाइृज लिगहरुमा नियमित सहभागि भईरहेका दुवै सोही आधारमा टोलीमा फर्कीएका हुन् । ४१ वर्षिय गेल सन् २०१९ अगस्टबाट टिम बाहिर रहेका थिए ।
यहीँ वर्ष नोभेम्बरमा भारतमा हुने आइसिसी टि – ट्वान्टी विश्वकपको तयारीमा जुटिसकेको घरेलु टोली वेस्ट इन्डिजले श्रीलंकाविरुद्ध तीन खेलको टि – ट्वान्टी , तीन खेलको एकदिवसीय र दुई खेलको टेष्ट शृखंला आगामीबिहीबारबाट सुरु हुदै छ ।