एजेन्सी : इटालियन सिरी ए फुटबलमा बोलोग्न सँग लाजियो पराजित भएको हो ।
शनिबार राति भएको खेलमा बोलोग्ने पाहुना टोलि लाजियोमाथि २-० गोलको सहज जित निकालेको हो । बोलोग्नको जितमा इब्राहिम माबे र निकोला स्यासनोनले एक एक गोल गरे ।
त्यसअघि लाजियोले खेलमा सुरुवात अग्रता बनाउने अवसर पाएको थियो । उसले खेलको १६औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो । जसमा इमोबाइल चुकेका थिए ।
खेलको १८औं मिनेटमा बोलोग्नका लागि माबेले गोल गरि पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बोलोग्नले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो थियो ।
उक्त जित सँगै बोलोग्नले २४ खेलबाट २८ अंक बनाउँदै ११औं स्थानमा उक्न सफल भयो छ । यता पराजित लाजियोको भने समान २४ खेलबाट ४३ अंकसहित छैटौं स्थानमा रहेको छ ।