जेठ २८, २०७८ शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ९१ हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ९१ हजार ७ सय २ नयाँ संक्रमित भेटिएका हुन्।

यो अवधिमा १ लाख ३४ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन्। यस्तै ३ हजार ४ सय ३ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ६३ हजार ७९ पुगेको छ। कुल संक्रमितको संख्या २ करोड ९२ लाख ७४ हजार ८ सय २३ पुगेको छ।

जसमध्ये २ करोड ७७ लाख ९० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ११ लाख २१ हजार ६ सय ७१ सक्रिय संक्रमित रहेका सरकारी तथ्यांक छ।

भारतले आफ्ना २४ करोड ६० लाख ८५ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।