एजेन्सी : स्पेनीस ला लिगा फुटबलमा गेटाफेले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित भ्यालेन्सियामाथि ३-० गोलको सहज जित निकालेको हो ।
गेटालेको जितमा आरम्बररी , जैम माता अरनाइज र कार्लस अलेआ कास्टिलोले समान १-१ गोल गरे । खेलको ३८औं मिनेटमा आरम्बररीले गोल गरि गेटाफेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको गेटाफेले दोस्रो हाफमा थप दुई गोल गरेको थियो , भने यता भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । उसका डायाखाबी खेलको ५०औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
उक्त जित सँगै गेटाफेले २५ खेलबाट २७ अंक बनाएको छ । ऊ अंक तालिकाको १४औं स्थानमा रहेको छ । यता पराजित भ्यालेन्सियाको भने समान २५ खेलबाट समान २७ अंकसहित गोल अन्तरको आधारमा गेटाफे भन्दामाथि १३ औं स्थानमा रहेको छ ।