बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपील गरेका छन् । विकसित देशहरुको बेलायतमा भएको जी सेभेन सम्मेलनको क्रममा जोन्सनले सहकार्यमा जोड दिएका हुन् ।
सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीबाट सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्ने उनले बताएका छन् । जी सेभेनको सम्मेलनमा अर्थतन्त्रसँगै कोरोना भाइरसविरुद्धको खोपको वितरणको विषयले पनि प्राथमिकता पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सम्मेलनपछि जी सेभेनका नेताहरु बेलायती महारानी एलिजाबेथ द्वितियसँग सामूहिक तस्बिर खिचाएका थिए । त्यस क्रममा महारानीले ‘आर यू सपोज टू बी लुकिङ्ग एज इफ युआर इन्जोइङ्ग योरसेल्फरु’ विश्वका नेताहरु महारानीले यसो भनेपछि हाँसेका थिए । बेलायती प्रधानमन्त्री जोन्सनले सहमतिको जवाफ दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेता तीन दिने सम्मेलनमा सहभागी भएका छन् ।