काठमाडौँ, २५ भदौ ः साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य सामान्य रुपले बृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदी ५ रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाला सुनको मूल्य एक लाख ११ हजार नौ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदी आज एक हजार ४ सय रुपैयाँमा कायम भएको छ ।