भदौ २६, २०८० मंगलबार

काठमाडौँ, २६ भदौ : आज प्रिओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढ्यो । योसँगै सूचक १९८७.१६ विन्दुमा उक्लियो ।

सेसन अवधिमा १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर किनबेच भयो । जसमा २४ पटक सेयर कारोबार हुँदा ७ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो ।

सेयर किनबेचबाट १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।