न्यायका लागि मानव अधिकारले ज्ञानेन्द्र शाहीसहित उनको समूहमाथि आक्रमण गर्ने उपर कानुनी कारबाहीको माग गरेको छ ।
संस्थाका संयोजक इन्द्रप्रसाद अर्यालले शनिबार विज्ञप्ति जारी गर्दै सार्वजनिक सडकमा गुडिरहेको सवारी साधनमाथि भौतिक आक्रमण गर्ने कार्य र आक्रमणकारीलाई संरक्षण दिने र बचाउको भाषा बोल्ने कार्य नेपालको प्रचलित कानुन, संविधान र अन्तरराष्ट्रिय मानवअधिकार कानुनसमेतको बर्खिलाप रहेको बताएका छन् ।
महामारीका समयमा सरकारले जनताको उपचारमा उचित प्रबन्ध गर्न नसकेको अवस्थामा जो कसैले पनि मानव जीवन रक्षार्थ सक्दो सहयोग गर्नु कर्तव्य भएको सञ्जालले विज्ञप्तिमा उल्लेख गरेको छ ।
व्यक्ति आक्रमण जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र कानुनी दायरामा ल्याउन तथा शाहीलगायतको उपचार र सुरक्षाको उचित प्रबन्ध गर्न सञ्जालले माग गरेको छ ।
कोभिड-१९ को उपचारमा आवश्यक स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक वस्तु बोकेर सुर्खेतको वीरेन्द्रनगर पुगेको उनको समूह चढेको गाडीमाथि शुक्रबार राति १० बजे एकसमूहले गरेको आक्रमण गरेको थियो ।
