फागुन १६, २०७७ आइतबार


काठमाण्डौ।
नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरर्वाड  अभिषेक रिजाल आवद्द आइजवाल एफसीले भारतीय फुटबल लिग आई लिग अन्तर्गत आज हुने खेलमा चेन्नाई सिटीसँग खेल्दैछ ।चेन्नाईको घरेलु मैदान कल्याणी स्टेडियममा हुने खेल नेपाली समयमा अनुसार साँझ ७बजेर १५ बजेबाट शुरु हुनेछ ।

दुवै टिम आजको खेल जित्दै लिग तालिका सुधारको योजनासहित मैदान फर्कने छ ।पाहुना टोली एफसी आजको खेल जिते पाँचौ स्थानमा उक्लने छ ।

९ खेलमा १२ अङ्क जोडेको एफसी ७ औं स्थानमा रहेको छ ।यस्तै समान खेलमा ९ अङ्क जोडेको घरेलु टोली चेन्नाई नवौं स्थानमा रहेको छ ।

यसअघि गत मंगलबार भएको खेलमा एफसी घरेलु भुमिमै रियल कस्मिरसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।उक्त खेलबाटै अभिषेकले यस सिजनको आई लिगमा डेब्यु गरेका थिए ।