काठमाण्डौ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टेष्ट वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा भारतीय टिमका ब्याट्सम्यान रोहित शर्माले व्यापक सुधार गरेका छन् ।
रोहितले एकै पटक ६ स्थान सुधार गर्दै वरियताको आठौँ स्थानमा उक्लिएका छन् । यसअघि उनी टेष्ट वरियताको १४औँ स्थानमा थिए ।

चेतेश्वर पुजारा भने दुई स्थान खस्किएका छन् । उनी नयाँ वरियतामा १०औँ स्थानमा खस्किएका हुन् ।
नयाँ वरियतामा पनि शीर्ष स्थानमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सन कायमै छन् । दोस्रो, तेस्रो, चौथो र पाचौँ स्थानमा क्रमशः स्टिभ स्मिथ, मार्नस लाबुसेन, जो रुट र विराट कोहली छन् ।

नयाँ टेष्ट वरियताको टप १० मा अटाउन सफल ब्याट्सम्यानको सूची
