जेठ ३०, २०७८ आइतबार

फाइल तस्बिर

भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिन अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले उक्त कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको बताइएको छ ।

भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको उक्त फैसलालाई स्वीकार गरिनुपर्ने बताए ।

भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ । यद्यपि, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रूपमा हेर्न नहुने उनले बताएका छन् ।

कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ । पहिलो चरणमा नै कतिपयले यो खोप लगाइसकेका छन् । यो खोप पनि दुई डोज लगाउनुपर्छ ।