फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आज कुल चार खेल हुदैछन । जारी सिजन अंक तालिकाको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले ११औं स्थानको आर्सनलको सामना गर्दैछ ।

नेपाली समयअनुसार यी दुई टोली बिचको खेल आइतबार साझ ५:४५ बजेबाट सुरु हुनेछ । उक्त खेल सिटीको मैदानमा हुनेछ । 

आजको खेलमा सहज जित निकाल्ने योजनाका साथ सिटी मैदानमा उत्रिने छ भने यता आर्सनल पनि घरेलु टोलिमाथि दबाब कायम गर्न चाहन्छ । 

सिटीले जारी सिजन कुल २५ खेलबाट ४९ अंक बनाउदै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान अंक भएको म्यान्चेस्टर युनाइटेड गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । यता आर्सनलको भने समान २५ खेलबाट ३४ अंकसहित तालिकाको ११औं स्थानमा रहेको छ ।

आज हुने अन्य खेलहरु नेपाली समयअनुसार 

कस्टल प्यालेस विरुद्ध फुल्ह्याम  (५:४५)
टोटनह्याम विरुद्ध बर्नली (७:४५)
चेल्सी विरुद्ध म्यान्चेस्टर युनाइटेड (१०:१५) बजे ।