काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो।
पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ।
यी क्षेत्र हुने भए खुला :
पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने
अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने
निर्माण सामाग्रीका पसल दिउँसो ४ बजेपछि मात्र खोल्न पाउने