असोज २, २०८० मंगलबार

 इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् ।

सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 


बर्नलीका लागि जेकी आमदौनी र नोटिङघमका लागि कालम हडसनले एक–एक गोल गरेका थिए ।

जारी लिगमा नोटिङ्घम ५ खेलबाट ७ अङ्कका साथ आठौँ स्थानमा छ भने बर्नली ४ खेलबाट १ अङ्क जोड्दै रेलिगेशन क्षेत्रमा छ ।


लिगमा शतप्रतिशत जितसहित साविक विजेता म्यानचेष्टर सिटी शीर्षस्थानमा छ । टोटनहम दोस्रो, लिभरपुल तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।