असोज २, २०८० मंगलबार

पाटन, २ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम  सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताउनुभएको छ । उहाँले गणेशमानको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलन सफल सम्भव हुँदैनथ्यो भन्नुभयो । 

सर्वमान्य नेता सिंहको २६औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ कार्यक्रममा नेता विश्वकर्माले गणेशमानले नेतृत्व गरेकै कारण काठमाडौँ उपत्यका जागरुक भएको उल्लेख गर्दै उहाँ विकृति र विसङ्गति देखेर सबै किसिमका सुख सयल त्यागेर घर छोडेर आन्दोलनमा लाग्नुभएको राजनेता भएको बताउनुभयो । 

 कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कमजोरी सुधार गरेर सङ्गठन बलियो बनाउने गरी लाग्नुपर्ने बताउनुभयो । नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो । 
–––