फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

आइतबार साझ भएको खेलमा आर्सनलले घरेलु टोलि लेष्टर सिटीमाथि ३-१ गोलको पुनरागमन जित निकालेको हो । 

आर्सनलको जितमा लुइज मारिनहो, अलेक्जान्ट्रा लाकाटेज र निकोलस पेपेले समान १-१ गोल गरे । यता सिटीको लागि युआराजले एक गोल गरे ।

खेलमा आग्रता भने सिटीले बनाएको थियो । उसका लागि जारी ५औं मिनेटमै युआराजले गोल गरेका थिए । तर उक्त अग्रता आर्सनलले खेलको ३८औं मिनेटमा बराबरी अबस्थामा फर्काए । 

त्यस्तै खेलको ४५औं मिनेटमा अलेक्जान्ट्रा लाकाटेज र ५१औं मिनेटमा निकोलस पेपेले गोल गरि आर्सनललाई ३-१ गोलको सहज जित दिलाए 

उक्त जित सँगै नौ स्थानमा उक्लिएको छ । आर्सनलले २६ खेलबाट ३७ अंक बनाएको छ । यता पराजित सिटीको भने २६ खेलबाट ४९ अंक बनाउदै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान अंक भएको म्यान्चेस्टर युनाइटेड गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।