एजेन्सी : इटालियन सिरी ए फुटबलमा साम्पोडोरियामाथि एट्लान्टाले सहज जित निकालेको छ ।
आइतबार साझ भएको खेलमा घरेलु टोली साम्पोडोरियामाथि पाहुना टोली एट्लान्टालाई २-० गोलले पराजित गरेको हो ।
पाहुना टोली एट्लान्टाको जितमा रुस्लान मालिनोवस्की र रोबिन गोसेन्सले समान १-१ गोल गरे । पहिलो हाफमा मालिनोवस्कीको गोलबाट १-० गोलको अग्रता बनाएको एट्लान्टाले दोस्रो हाफमा थप एक गोल गर्दै २-० गोलको सहज जित निकालेको हो ।
उक्त जित सँगै एट्लमन्टाले २४ खेलबाट ४६ अंक बनाउँदै तेस्रो स्थानको युभेन्टस सँग अंक बराबरी गरेको छ । तर गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ । यता पराजित टोलि भने समान २४ खेलबाट ३० अंकसहित १० औं स्थानमा रहेको छ ।