एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल आज राति दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले पाँचौं स्थानको चेल्सीको सामना गर्दैछ ।
नेपाली समयअनुसार यी दुई टोली बिचको खेल आज राति १०:१५ बजेबाट लण्डन क्लब चेल्सीको मैदानमा हुनेछ ।
चेल्सी घरेलु मैदानमा पाहुना टोलिमाथि सहज जित निकाल्ने योजनामा रहेको छ । भने यता युनाइटेड घरेलु टोलिमाथि दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
जारि सिजन युनाइटेडले २५ खेलबाट ४९ अंक बनाएको छ । ऊ शिर्ष स्थानको म्यान्चेस्टर सिटी भन्दा १३ अंकले पछि छ । यधपी युनाइटेडले एक खेल कम खेलको छ । यता चेल्सीको भने समान २५ खेलबाट ४३ अंक रहेको छ ।