भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ७० हजार ४ सय २१ नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ लाख १९ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्। यस्तै ३ हजार ९ सय २१ जना संक्रमितको ज्यान गुमेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म भारतमा २ करोड ९५ लाख १० हजार भन्दा धेरैमा संक्रमण भएको छ। ती मध्ये २ करोड ८१ लाख ६२ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ३ लाख ७४ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको सरकारी तथ्यांक छ। भारतमा अहिले ९ लाख ७३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।
अहिलेसम्म भारतले आफ्ना २५ करोड ४८ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।