फागुन १६, २०७७ आइतबार

धनगढी।
 लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्टसको आयोजना तथा चण्डिका ग्रुपको मुख्य प्रायोजनमा धनगढीको मुटुमा अवस्थित संघीय इकाई प्रहरी सेती(अञ्चल प्रहरी)कार्यालयको खेलमैदानमा हिजोबाट सुरु भएको चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को दोश्रो दिनको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,शारदा विद्या निकेतनले निर्धारित २० ओभरमा ९ विकेटको क्षति १६६ रन बनाउन सफल भयो।ब्याटिङतर्फ शारदा विद्या निकेतनका लागि दिनेश ओडले ५१ बलमा सर्वाधिक ९१ रन बनाउदै जारी प्रतियोगितामा दोश्रो अर्धशतक प्रहार गर्ने खेलाडी बन्न सफल हुँदा अर्जुन साउँद १७ बलमा २५ रन तथा विराट सेवाले १६ बलमा १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका लागि सागर भण्डारीले ४ ओभरमा १० रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा सागर थापाले ४ ओभरमा ३२ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
      १६७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षति मात्रै १४० रन बनाउन सक्दा प्रतियोगिताको पहिलो खेल २६ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका लागि रोयल वमले ३८ बलमा सर्वाधिक ४६ रनको अविजित पारी खेल्न सफल हुँदा कप्तान आयुस्मान वम १३ बलमा २० रन,सागर भण्डारी १३ बलमा २० रन तथा राजेश ऐरले २३ बलमा १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ धनगढीको शारदा विद्या निकेतनका लागि कप्तान दिपक रोकायाले ४ ओभरमा २९ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ जित दिलाउन सफल भएका छन्।
    चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को दोश्रो दिनको पहिलो खेल धनगढीको शारदा विद्या निकेतनले २६ रनले जित्न सफल हुँदै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच धनगढीको शारदा विद्या निकेतनका दिनेश ओड घोषित हुन सफल भएका छन्।आजै भएको दोश्रो खेलमा अत्तरियाको होलिल्याण्ड स्कुलले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिदै धनगढीको स्टेपिङ स्टोन स्कुललाई पहिला ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप,धनगढीको स्टेपिङ स्टोन स्कुलले निर्धारित २० ओभरको खेलमा १५.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ८६ रन बनाउनसक्यो।ब्याटिङतर्फ धनगढीको स्टेपिङ स्टोन स्कुलका लागि कप्तान अभिषेक कुँवरले २४ बलमा सर्वाधिक २६ रन बनाउन सफल हुँदा आर्यन दानपाली १५ बलमा १३ रन तथा रोमन बिष्टले १७ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ अत्तरियाको होलिल्याण्ड स्कुलका लागि अशोक धामीले ४ ओभरमा २१ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान श्याम साउँदले ४ ओभरमा १९ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
       ८७ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरियाको होलिल्याण्ड स्कुलले निर्धारित २० ओभरको खेलमा ८.२ ओभर खेल्दै १ विकेटको क्षति ८९ रन बनाउदै रोमाञ्चक ९ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल हुँदै जारी प्रतियोगितामा विजयी सुरुवात गर्न पनि सफल भएको छ।ब्याटिङतर्फ अत्तरियाको होलिल्याण्ड स्कुलका लागि गौरवसिंह रावतले २५ बलमा आक्रामक ५५ अविजित रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा सुनिल चन्द १९ बलमा अविजित १७ रन तथा मनोज ओझाले ७ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ धनगढीको स्टेपिङ स्टोन स्कुलका लागि रोमन बिष्टले २ ओभरमा ९ रन खर्चंदै सर्वाधिक १ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।
     चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को दोश्रो दिनको दोश्रो खेल अत्तरियाको होलिल्याण्ड स्कुलले ९ विकेटको फराकिलो अन्तरले जित्न सफल हुँदै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच अत्तरियाको होलिल्याण्ड स्कुलका अशोक धामी घोषित हुन सफल भएका छन्।
     चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को तेश्रो दिनको पहिलो खेल न्यु एकेडेमी बुटवल र रोजि बड्स  दाङ्बीच भोलि बिहान ९ बजे तथा दोश्रो खेल लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर र ह्वाइट हाउस स्कुल काठमाडौबीच भोलि दिउँसो १:१५ बजेदेखि सुरु हुने प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाही ज्यूले जानकारी गराउनुभएको छ।