फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : वेल्सका स्टार फरवार्ड ग्यारेथ बेलको सानदार प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हस्पटले सहज जित निकालेको छ ।

आइतबार साझ भएको खेलमा घरेलु टोलि टोटनह्यामले पाहुना टोली बर्नलीमाथि ४-० गोलको फराकिलो जित निकालेको हो । टोटनह्याको जितमा ग्यारेथ बेलले २ गोल १ अस्सिट गरे भने , ह्यारी केन र लुकास मौराले समान १-१ गोल गरे ।

पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप एक गो गरेको हो ।

जारी खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा केनले गोल गर्दै टोलीलाई २-० गोलको अग्रता दिलाए ।

त्यस्तै ३१ औं मिनेटमा लुकासले गोल गरेपछि टोटनह्यामले ३-० को अग्रता बनायो । त्यसपछि दोस्रो हाफको खेलको ५५ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४-० को जित दिलाए ।

उक्त जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोडेको छ । टोटनह्याम तालिकाको आठौं स्थानमा रहेको छ । यता पराजित बर्नली २८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।