एजेन्सी : इटालियन सिरी ए फुटबलमा शिर्ष स्थानको इन्टर मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले घरेलु मैदानमा पाहुना टोली जेनोआमाथि ३-० गोलको फराकिलो जित निकालेको हो ।
मिलानको जितमा रोमेरो लुकाकु, माट्टओ डर्मियान र एलेक्सिस सान्जेजले समान एक–एक गोल गरे । लुकाकुले खेलको पहिलो मिनेटमा नै गोल गर्दै इन्टरलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफम थप २ गोल गरेको हो ।
दोस्रो हाफको खेलको ६९औँ मिनेटमा डर्मियानले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । त्यसपछि ७७औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरले ३-० गोलको जित दिलाए ।
उक्त जितसँगै शीर्ष स्थानको इन्टरले २४ खेलमा ५६ अङ्क बनाएको छ ।दोस्रो स्थानको मिलानसँग ४९ अङ्क छ । उसले इन्टरभन्दा एक खेल कम खेलेको छ ।
यता पराजित जेनोआ भने २६ अङ्कका साथ १३औँ स्थानमा छ ।