फागुन १७, २०७७ सोमबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँग बराबरी अंक बाँडेको छ । 

सोमबार बिहान सम्पन्न भएको खेलमा गोलरहित बराबरी गर्दै चेल्सी र युनाइटेडले १-१ अंक बाँडेका हुन् ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । 

उक्त बराबरीसँगै युनाइटेडले ५० अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । चेल्सी भने ४४ अंकका साथ पाँचौँ स्थानमा छ । दुवैले समान २६ खेल खेलेका छन् ।