असार १, २०७८ मंगलबार

काठमाडौं उपत्यकामा आजदेखि थप एक हप्‍ता निषेधाज्ञा थपिएको छ। कोरोना संक्रमणको दर कम भए पनि जोखिम कायमै रहेकाले निषेधज्ञा थप भएको प्रशासनले जनाएको छ।

थपिएको निषेधाज्ञाको केही मोडालिटी भने परिवर्तन भएको छ। यसअघि बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आए पनि अब ११ बजेसम्म खुलाउन दिइने भएको छ। विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ। 

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ।

तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। सार्वजनिक सवारी साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ। 

व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ। भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरूका लागि समय तथा बार अनुसार खोल्न दिइने गरी तोकिएको छ। 

हेर्नुस् आजदेखि के खुल्न पाइन्छ, के खुल्न पाइँदैन

No photo description available.

May be an image of text

No photo description available.

May be an image of text