असार १, २०७८ मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा ६० हजार भन्दा केही धेरै कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ लाख ५१ हजार भन्दा धेरैको परीक्षण गर्दा ६० हजार ४ सय ७१ नयाँ संक्रमित थपिएका हुन्। यो अवधिमा १ लाख १७ हजार ५ सय २५ जना संक्रमणमुक्त भएका छन् भने २७२६ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको छ । ती मध्ये २ करोड ८२ लाख ८० हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७७ हजार भन्दा धेरैको मृत्यु भएको छ।

अहिले भारतमा ९ लाख १३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको सरकारी तथ्यांक छ। भारतले आफ्ना २५ करोड ९० लाख भन्दा धेरै नागिरकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।