बेइजिङ । चीनको केन्द्रीय बैंकले गत मे महिनाको अन्त्यसम्ममा त्यहाँ एक हजार ७५३ मेट्रिक टन सुन सञ्चित रहेको जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाइ छ ।
यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।