एजेन्सी : इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमामाथि जित निकालेको छ ।
सोमबार बिहान सम्पन्न भएको खेलमा मिलानले रोमालाई उसैको मैदानमा २-१ गोलले हराएको हो ।
पाहुना टोलि मिलानको जितमा फ्रान्क केसे र एन्टे रेबिकले समान १-१ गोल गरे । रोमाका जोर्डान भेरेटटले एक सान्त्वना गोल फर्काए ।
जारी खेलको ४३औँ मिनेटमा केसेले पेनाल्टीमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफमा १ गोल गर्दा एक गोल खान पुरगेको हो ।
दोस्रो हाफको ५०औँ मिनेटमा भेरेटटले गोल गर्दै रोमालाई बराबरीमा फर्काए । तर ५८औँ मिनेटमा रेबिकले गोल गर्दै मिलानको जित पक्का गरे ।
उक्त जितसँगै दोस्रो स्थानको मिलानले २४ खेलमा ५२ अंक जोडेको छ । ऊ इन्टर मिलानभन्दा चार अंकले पछि छ । यता पराज रोमा भने ४४ अंकका साथ पाँचौँ स्थानमा छ ।