असार १, २०७८ मंगलबार

 कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ।