एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल विजयी भएको छ ।
सोमबार बिहान सम्पन्न भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडमाथि २-० गोलको जित दर्ता गराएको हो ।
शेफिल्डको युनाइटेडको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८औँ मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६४औँ मिनेटमा किन ब्रयानले आत्मघाती गोल गरेपछि पाहुना टोली लिभरपुल २-० गोलले विजयी भयो ।
उक्त जितसँगै छैटौँ स्थानको लिभरपुलले २६ खेलमा ४३ अंक जोडेको छ । यता पराजित शेफिल्ड भने ११ अंकका साथ पुछारमा छ ।