एजेन्सी : इटालियन नकआउटका फुटबल प्रतियोगिता कोपा इटालिया फुटबलमा युभेन्ट्स फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न सेमिफाइनलमा खेलमा चिरपरिचित प्रतिद्वन्द्वी क्लब इन्टर मिलान सँग घरेलु मैदानमै गोलरहित बराबरीमा रोकिएता पनि समग्रमा इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
युभेन्टस फाइनल प्रवेशका लागि पहिलो लेगमा निकालेको जित नै प्रयाप्त भएको हो ।इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो ।
अब उपाधिको लागि युभेन्ट्सले नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।
दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ । पहिलो लेगमा नापोली र एटलान्टाले गोलरहित बराबरी खेलेका थिए ।
उक्त कोपा इटालियाको फाइनल मे १९ मा हुनेछ ।