असार २, २०७८ बुधबार

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता सदिक अलि अडेनका अनुसार बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेका थिए ।

 
उक्त आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका छन् । शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ।


यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ।


घटनालगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका भनाइमा कम्तीमा १४ जनाको अवस्था गम्भीर छ ।