नेपाल धितोपत्र बोर्डको आधिकारीक इमेल आइडी ह्याक भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ह्याक भएको इमेल अहिले रिकभर भइसकेको बताएको छ ।
ब्रोर्डका प्रवक्ता निरज गिरीले कसैले बोर्डको इमेल ह्याक गरेर प्रहरीको अनुसन्धान ब्युरो (सिबिआई) लाई मेल गरेको पाइएको स्वीकारे । बोर्डका अनुसार ह्याक गरिएको बारे अनुसन्धान भइरहेको छ ।