असार २, २०७८ बुधबार

आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण बुझाउन ढिला भएको कर विवरण र करका लागि उक्त समय सिमा तोकिएको हो।

२०७७ चैत्र र २०७८ बैशाख महिनाको   मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्कलगायत कर बुझाउन भनिएको छ।