फागुन १७, २०७७ सोमबार

इपिएल

काठमाण्डौ : कोरोना महामारीको कारण स्थगित भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल) आगामी बर्ष २०७८ असोजमा हुने भएको छ ।  

गत फागुनमा विश्व भर फैलिएको कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको थियो । इपिएल गत चैत १ देखि १५ गते सम्म हुने तय भएपनि अन्तिम समयमा अनिश्चित समयको लागि स्थगित हुन पुगेको थियो 

एभरेष्ट प्रिमियर लिग प्रा ली को आयोजनामा हुने यो प्रतियोगिता असोज ९ गतेबाट २३ गतेसम्म हुने आयोजकले बताएका छन

प्रतियोगिता स्थगित हुनुभन्दा अगाडी वेस्ट इडिजका विस्फोट व्याट्म्यान क्रिस गेल, ड्वायन स्मिथ, कोरी एन्डरसन, उपल थारांग्गा आउने पक्कापक्की भएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, पोखरा राइनोज, विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सको सहभागिता रहेको छ ।