मनसुन सुरु भएसँगै देशका सबै नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक माध्यम/ भारी वर्षा भई बहाव बढ्न सक्ने र केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यस्तै महाशाखाका अनुसार हाल नदीहरूमा पानीको बहाव बढेको भए पनि सतर्कता तहभन्दा तल नै रहेको छ ।