फागुन १७, २०७७ सोमबार


एजेन्सी।
श्रीलंका क्रिकेट बोर्डले टम मूडीलाई क्रिकेट निर्देशक रूपमा नियुक्त गरेको छ ।बोर्डले उनलाई श्रीलंका क्रिकेटको पुन उद्दार गर्न र तल्लो दर्जाको राष्ट्रिय टोलीलाई पुनर्निर्माण गर्ने सल्लाहकार र क्रिकेट निर्देशकका रूपमा नियुक्त गरेको हो ।

मुडी श्रीलंका क्रिकेट बोर्डका पुर्व प्रशिक्षक समेत रहेका छन् ।उनीसँग बोर्डले ३ बर्षे सम्झौता गरेको छ । अस्ट्रेलियाका पूर्व टेस्ट खेलाडी मूडीले आज सोमबारबाट आफ्नो जिम्मेवरी निभाउने बोर्डले जनाएको छ ।

‘उनका धेरै कर्तव्यहरु मध्ये घरेलू प्रतियोगिता संरचना, खेलाडी कल्याण, शिक्षा र सीप विकास, कोचिङ्ग, सहयोगि स्टाफ संरचना र डाटा विश्लेषक रहेका छन् ,’ बोर्डले भनेको छ ।

चामुण्डा भासले तलव विवादका कारण फास्ट बलिङ्ग कोचको पदबाट राजिनामा दिएको तिन दिन पछी मूडीलाई क्रिकेट निर्देशकका रूपमा नियुक्त गरेको हो ।