शेयर बजारमा आज १० अर्ब ९० करोडको कारोबार भएको छ । यसअघि हिजो कुल १५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
आज नेप्से परिसूचक २९६८ अङ्कमा कायम भएको छ । आज १. २९ अङ्कले बजार घटेको हो । आज साढे ११ बजे परिसूचक न्यूनतम २९४५ अङ्कसम्म झर्यो । त्यस्तै साढे १ बजे २९८९ अङ्कसम्म पुगेको थियो । यस दिन बैंकिङ १०, ब्यापार १४, जलविद्युत २, उत्पादन ११ र माइक्रोफाइनान्स ६४ अङ्कले घट्यो।
त्यस्तै होटल तथा पर्यटन ३६, विकास बैंक ९४, फाइनान्स ३३, निर्जीवन बीमा ५२, अन्य २६ र जीवन बीमा १५ अङ्कले बढेको छ। आज खानीखोल हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो । त्यस्तै नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक र सोल्टी होटलको मूल्य ५ प्रतिशतले बढ्यो।
हिजोसम्म १० प्रतिशतले मूल्य बढेको सिइडिबी हाइड्रोपावरको मूल्य भने यस दिन सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ। कम्पनीको मूल्य आजै ८०६ रुपैयाँसम्म पुगेको थियो। एक्कासी बजारमा बिक्रीको चाप परेपछि बन्द हुँदा मूल्य ६८५ रुपैयाँमा झरेको छ। छ्याङ्दी हाइड्रो, ङादी ग्रुपको मूल्य ३ प्रतिशतले घटेको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकम ७७ करोडको कारोबार भएको छ। कम्पनीको मूल्य भने ३ प्रतिशतले बढेको छ। त्यस्तै नेसनल हाइड्रोपावरको ३० करोड तथा नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड बराबरको कारोबार भयो।