असार ३, २०७८ बिहिबार

एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका इटालिएन गोलरक्षक जियानलुइगी बुफन पूर्वक्लब पर्मा फर्किएका छन् । पर्माले बिहीबार ४३ वर्षीय बुफनलाई अनुबन्ध गरेको पुष्टि गरेको छ ।

विश्वकप विजेता बुफनले २०२०–२१ को सिजनको अन्त्यसँगै टुरिन बसाई अन्त्य गरेका थिए । बुफन सन् २०१९ को जुलाईमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी एक वर्षे बसाई अन्त्य गर्दै युभेन्टस फर्किएका थिए । Gianluigi Buffon Returns To Parma, 26 Years After Making His Debut For The  Club

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोसँग खेल्नकै लागि इटाली फर्किएका बुफन युभेन्टसका लागि दोस्रो रोजाइका गोलरक्षकका रूपमा खेल्दै थिए । युभेन्टस छोडेपछि उनी पर्मा फर्किएका हुन् । पर्माबाट उनले व्यवसायिक फुटबल करिअरको सुरुवात गरेका थिए । ६ वर्ष पर्माबाट खेलेका उनी सन् २००१ मा युभेन्टस गएका थिए । २०१८ सम्म युभेन्टसका लागि खेलेका उनी थिए ।