२०१९ देखि २०२२ सम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाईनल खेल आजबाट सुरु हुदै छ। नेपाली समयानुसार दिउसो ३:१५ बाट इंग्ल्याण्डको साउथह्याम्टनको दि रोज बाउली स्टेडियममा लिगको शिर्ष स्थानमा रहन सफल भारत र दोस्रो स्थानमा रहेको न्युजील्याण्ड विच खेल हुने छ।
खेलको सम्पुर्ण तयारी पुरा भएको छ। खेलका लागि भारतले विराट कोहोलीको कप्तानीमा अन्तिम ११ सार्वजनिक गरिसकेको छ भने न्युजिल्याण्ड टोलीको अन्तिम ११ खेल सुरु हुनु भन्दा अघि नै सार्वजनिक हुने अनुमान गरिएको छ।
घोषित भारतीय टोली यसप्रकार रहेको छ

नेपालमा भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टस् मार्फत हुने छ।