काठमाडौं : इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम भारत ३ सय २९ रन जोडेर अलआउट भएको छ। पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले। चेन्नईमा उनको यो पहिलो शतक हो। यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए।
रिषभ पन्तले अविजित रहदै ५८ रन जोडे। रविचन्द्र आश्विन १३ रनमा आउट भए। कप्तान विराट कोहली र सुभमन गिल शून्य रनमा आउट भए। इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए। ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए।
चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडी छ। पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो।